भिगृमा तिनतले घर ३१ फिट पछाडी स¥यो - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

भिगृमा तिनतले घर ३१ फिट पछाडी स¥यो

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २८ गते २०८२

बैशाख २८ गते ,प्यूठान । प्यूठानको भिगृमा तिनतले घर ३१ फिट पछाडी सारीएको छ । स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको घरधनी राज कुमार श्रेष्ठको घर पहिलेको ठाउबाट जुरुक्क उठाएर ३१ फिट पछाडी सारीएको हो । बजारमा सवारीसाधन आवतजावत गर्न सजिलो तथा पैदल यात्रीलाई सहजताको लागी डबल लाईन गर्नुपर्ने अवस्थामा घरलाई के डब्लु जेठ लिफ्टिङ्ग सिफ्टिङ्ग एण्ड कन्सक्सटन कम्पनी मार्फत रु १० लाख ८० हजार लागतमा घर सारीएको घरधनी राज कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने “ सडक फराकिलो बनाउनको लागी आफ्नो पुर्खेली घर भत्किन लाग्दा यसको उपाय के छ भनेर सामाजिक सञ्जालमा हेर्दा घर सार्ने प्रकिया सुचना थाहा पाउदा सम्पर्क गरि उक्त लागतमा सम्झौता गरेर सारेका हौ । ”

घर सार्दा घरमा कुनै समस्या नभएको र अझँ नयाँ छट, बिमहरु बढाएर राख्न पाएको कारण मजबुद भएको समेत श्रेष्ठको भनाई रहेको छ । घर सार्दा ज्याक र गुरकिन सरलयन्त्रको मद्दत मार्फत सारीएको हो । घर भत्काएर फेरी बनाउन करिब तिन करोड लाग्ने अनुमानमा उल्ल्ोखित रकममा काम सकिएको हुदा आफु धेरै खुसी भएको बताउदै आर्थिक अवस्थामा विशेष व्यवस्थापन भएको श्रेष्ठले बताए ।

नेपाल सरकारले सडकको थालनी गर्दा सुरुवातबाटै यस्तो नियम लागु गरेको भए अहिले सो चुनौती नहुने श्रेष्ठले गुनासो गरे । देशमा आर्थिक अवस्था कमजोर र सडकको छेउछाउमा भएका घरमा हुदाखानेको पनि रहेकाले विजोग अवस्था हुने आएको आक्रोष व्यक्त गरे । निति नियम समयमै बनाए पनि लागु नहुने र नभएका नियम लागु हुदा जनता मारमा परिरहेको अवस्था आईरहेको श्रेष्ठले बताउदै नियम बनाए सेतो कापीमा कालो अक्षरले लेखेर झारा टार्ने भन्दा पनि हरियो सिस्नोको पातमा नियम लेख्दा गल्ति गर्दा दुवैलाई करेन्ट लाग्छ भन्ने नियम अनुसार सरकारलाई सुझाव समेत दिएका छन ।

घर सार्ने जानकी गाउँपालिकाका भोला सिंह राठोरले २३ वर्ष अगाडीबाट भारतको केरालाबाट यो काम गर्न लागेकोे हाल करिब चार हजार भन्दा माथि घर सारेर सफल भएको सुनाए । उनले भने “हामी यतिका घर सार्दा कामदार र घरमा कुनै समस्या नभएको बरु नयाँ सामाग्रीहरु थपी मजबुद बनाएका छौ । ” हाल काठमान्डौ , बुटवल , भैरवा र नेपालगञ्ज घरहरु सार्ने काम भईरहेको समेत ठेकेदार राठोरले बताए ।

प्यूठानमा यस घर गर्न सार्न सकिन्छ भन्ने हिजोको दिनमा काल्पनिक मात्र महशुस गरिएको थियो तर आजका दिनमा प्रत्यक्ष रुपमा देख्न पाउदा गर्वको महसुस गरिएको स्वर्गद्वारी गौरव तापाकोट सुनचादी पसलका सञ्चालक विनोद विकले बताए । आर्थिक मन्दि लागेको बेला यस्तो सेवा पाउनु नमुना कामको उदाहरण पाएको सुभकामना सुनचादी पसलका सञ्चालक सुजन गहतराजको भनाई रहेको छ । घर गत फागनु २७ गते बाट सुरु गरिएको बैशाख २८ गते पुर्ण रुपमा सारिएको छ । उक्त घर वि.स. २०४८ सालमा निर्माण गरिएको पारिवारीक स्रोतले जनाएको छ ।