प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु - Pyuthan Online
असार १५ गते २०८२

प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख ३१ गते २०८२

प्युठान। प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्युठान नगरपालिका–७, गाँजुरी स्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक हेरालु वर्ष ४७ का चित्रबहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिए ।

वाटर फाउन्टेनको मर्मतका क्रममा मंगलवार साँझ के.सी. लाई करेन्ट लागेर तत्कालै उपचारका लागि प्युठान अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरी निरिक्षक के.सी.ले बताए ।

पार्कको निर्माण तथा मर्मत कार्यमा संलग्न के.सी.को घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ।