नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड जेठ ७ गते रोल्पा आउँदै - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड जेठ ७ गते रोल्पा आउँदै

सन्तोष सुनार
सन्तोष सुनार
जेठ ५ गते २०८२

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पा आँउन लाग्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा हुन लागेको जनतासँग माओवादी जागरण अभियान अन्तर्गतको मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रम अनुसार जनयुद्धको आधार भुमी रोल्पाको विशाल जनसभा तथा जनजागरण अभियान कार्यक्रमको सम्बोधन गर्नका लागि अध्यक्ष प्रचण्ड थबाङ गाउँपालिकाको थबाङमा आउन लागेको नेकपा माओवादीका केन्द्र रोल्पाका युवा नेता सुदर्शन पुन मगरले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो।

उक्त दिन बाजा सहित र्‍याली प्रर्दशन , रोल्पाका विभिन्न सँस्कृतिकको साँस्कृतिकका नाचहरु देखाईने समेत युवा नेता पुन मगरले बताउनुभयो । कार्यक्रम सकिपछि सोही दिन साझँ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाद्वारा साँस्कृतिक कार्यक्रम समेत राखिएको छ ।

अर्को दिन ८ गते नेकपा माओवादीका केन्द्र जिल्ला समन्वय समिति रोल्पाले विभिन्न विषय बस्तुमा छलफलका लागी राखेको बैठकमा पनि अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादीका केन्द्र रोल्पाले जनाएको छ। बैतडीको पाटनबाट गत २ जेठमा सुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा माओवादीले शहीद तथा बेपत्ता परिवारसँग नियमित जसो भेटिरहेका छन् ।