अमेरिकाले ३५ जना नेपालीलाई गर्‍यो निष्कासन - Pyuthan Online
मंसिर २४ गते २०८२
ब्रेकिङ न्यूज
नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

अमेरिकाले ३५ जना नेपालीलाई गर्‍यो निष्कासन

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ३ गते २०८२

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४ ः ४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष रहेको बताइएको छ।

डिर्पोट भएर आएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोको टोलीले आवश्यक सोधपुछ गरेको स्रोतले बताइएको छ। व्युरोका प्रमुख कृष्ण पंगेनीका अनुसार डिर्पोट भएर आउनेहरूमा तल्ला बाटो हुँदै अमेरिका गएकाहरू धेरै छन्।