ब्रेकिङ न्यूज - Pyuthan Online - Page 17
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज असाेज २३ गते २०८२

सुनको भाउ अहिले सम्मकै उच्च ः तोलाको २ लाख ३९ हजार नाघ्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
असाेज २१ गते २०८२ • प्युठान अनलाईन

सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीमा भोली असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुन लागेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिनुभयो ।बुधबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ वडाको आर्थिक सहयोग र वडा स्तरीय खेलकुद समन्वय समितिको समन्वयमा भलिबल प्रतियोगीता , क्रिकेट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ • प्युठान अनलाईन

घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार पार्टी सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।अध्यक्ष प्रचण्डले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताए । उनले पार्टी चुनावको तयारीमा जुट्ने निर्णय केन्द्रीय समितिले गरेको पनि बताए । त्यसका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ • प्युठान अनलाईन

१४ महिनापछि फेरि खुल्यो फाइल

काठमाडौँः आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परे । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका शर्मालाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो । योसँगै प्रहरीले यस प्रकरणमाथिको अनुसन्धान फेरि गर्न थालेको खुलेको छ । प्रहरीले एकातिर नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ भने अर्कोतिर

पुरा पढ्नुहो
बिबिध
असाेज २० गते २०८२ • प्युठान अनलाईन

सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

काठमाण्डौ – सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ ।हिजोको भाउमा तोलाको दुई हजार पाँच सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ • प्युठान अनलाईन

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

काठमाण्डौ – शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन्

पुरा पढ्नुहो
बिश्व
असाेज २० गते २०८२ • प्युठान अनलाईन

जयपुरमा अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ • प्युठान अनलाईन

सिराहामा दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी

सिराहा। सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्।कल्याणपुर नगरपालिका ८ का रामकिशोर यादव पक्राउ परेका हुन्।उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए। उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ • प्युठान अनलाईन

दुई एआईजीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ।कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ • प्युठान अनलाईन

इलाममा पहिरोमा ज्यान गुमाउने ३७ जनाको पहिचान खुल्यो

इलाम । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका ६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा

पुरा पढ्नुहो