लगातार दोस्रो दिन सुनको भाउ घट्यो - Pyuthan Online
असार १० गते २०८३

लगातार दोस्रो दिन सुनको भाउ घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १० गते २०८३

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ ३ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि १०५ रुपैयाँले घटेको छ । चाँदी आज ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ५९० रुपैयाँ थियो ।

सम्वन्धित समाचारहरु