नेकपा (माओवादी केन्द्र) ऐरावतीको अध्यक्षमा पाण्डे - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

नेकपा (माओवादी केन्द्र) ऐरावतीको अध्यक्षमा पाण्डे

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १० गते २०८१

प्यूठान अनलाईन न्युज डेक्स । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) ऐरावती गाउँपालिका प्युठानको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । बैठकले माओवादी केन्द्र ऐरावतीको नेतृत्वसहित कार्यसमिति निर्वाचित गरेको छ । यसअघि सम्पन्न अधिवेशनले प्रतिनिधि चयन गरेको थियो ।

बैठकले द्रोणप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा क्रमशः रेशमबहादुर थापा, अर्जुनकुमार पन्थी र सावित्रा बस्नेत चयन हुनुभएको छ । त्यसैगरी सचिवमा भिमेशकुमार घर्तिमगर, सहसचिवमा मोतिलाल विश्वकर्मा, कोषाध्यक्षमा सुमन्त पाण्डे चयन हुनुभएको छ । अध्यक्ष पाण्डे यशअघि एक कार्यकाल अध्यक्ष भैसकेका हुन ।

कार्यालय प्रमुख सचिवमा ध्रुब गन्धर्व, सचिवालय सदस्यहरुमा सरस्वती जिसी, चिन्तन श्रेष्ठ, मधुसूदन थापा, मुक्ति आचार्य, सुर्य जिसी, सुर्य रोका र टेकबहादुर थापा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष पाण्डेका अनुसार पालिका इन्चार्ज बुद्ध बस्नेतको प्रमुख आतिथ्यतासहित सहइन्चार्ज पदम थापा, ज्येष्ठ कम्युनिस्ट मंचका केन्द्रीय सदस्य ओमप्रकाश श्रेष्ठको उपस्थितिमा बसेको बैठकले पदाधिकारी र सचिवालय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

बैठकले संगठनका सम्बन्धमा, राजनीतिक तथा वैचारिक कार्यका सम्बन्धमा, आर्थिक व्यवस्थापनका सम्बन्धमा, कार्यलय व्यवस्थापनका सम्बन्धमा र विविध विषयहरुमा महत्वपूर्ण निर्णय गरेको सचिव भिमेशकुमार घर्तिमगरले बताउनुभयो ।

सम्वन्धित समाचारहरु