युवा संघ नेपाल प्यूठानद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग - Pyuthan Online
असाेज १९ गते २०८२

युवा संघ नेपाल प्यूठानद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार अन्तरास्ट्रिय युवा दिवसको अबसरमा मृगौला पीडित प्यूठान नगरपालिका ८ रज्यान निवासी ५८ वर्षीय रामे सुनारलाई आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष महेश पाण्डेले बताउनुभयो। घरमा आर्थिक अवस्था कमजोर भएकाले उपचारमा केही सहयोग होस भनी उक्त रकम सहयोग गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

सुनारको दुई वर्ष पहिले दुबै मृगौला फेल भएको थियो ,उहाँले हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ । दाङको राप्ती स्वास्थ्य प्रतिस्ठानमा पुगेर डायलासिस गर्ने गरिएको पारिवारीक स्रोतले जनाएको छ ।