रोल्पामा बालक माथी कुटपिट गर्ने एक जना पक्राउ, दुई जना फरार - Pyuthan Online
भाद्र ८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रोल्पामा बालक माथी कुटपिट गर्ने एक जना पक्राउ, दुई जना फरार

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १५ गते २०८३

रोल्पा । रोल्पामा बालकमाथी कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने दुई जना अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । पक्राउ पर्नेमा गंगादेव गाउँपालिका ५ बस्ने ५० बर्षिय भिम बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।

सोहि वडाका कुईनेटा बस्ने पुर्ण बहादुर विकका वर्ष ११ को छोरा खगेन्द्रलाई गत शुक्रवार बेलुका कुटपिट गरेको घटनामा संलग्न भएका अन्य दुई जना फरार रहेका छन् । फरार हुनेमा सोहि वडाका ४५ बर्षिय मस्त बहादुर खत्री र २० बर्षिय टोप बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।फरार भएका दुई जना अभियुक्तहरुको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा तिन जना प्रतिवादी विरुद्ध भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी कसूरमा आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सम्वन्धित समाचारहरु