पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव - Pyuthan Online
वैशाख ६ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका हुन् । 

उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् । देउवाले भने– ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ देउवाले भने, ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।’

उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिए । पूर्वराजाले पार्टी खोले पनि त्यसमा सहभागी हुनेहरूले धेरै दुःख पाउने देउवाको भनाइ थियो । 

 ‘राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि । तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्’ देउवाले भने ।  देउवाले राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताउँदै गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

सम्वन्धित समाचारहरु