बुटवलमा जुवातास खेलिरहेका सात जना पक्राउ - Pyuthan Online
मंसिर १५ गते २०८२

बुटवलमा जुवातास खेलिरहेका सात जना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

१३ गते जेठ , बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका(११ बुद्धनगरस्थित श्रमिक पथ बस्ने ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा राजन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।