आज लुम्बिनी प्रदेशसहित केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना - Pyuthan Online
श्रावण १७ गते २०८२

आज लुम्बिनी प्रदेशसहित केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३१ गते २०८२

३१ असार । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६२.६ मिलिमिटर पानी परेको छ । राति खोटाङ, उदयपुर, ओखलढुङ्गा र आसपासमा बाढी आउने गरी पानी परेको थियो ।

आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।।

सम्वन्धित समाचारहरु