सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो - Pyuthan Online
श्रावण २५ गते २०८२
ब्रेकिङ न्यूज

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २३ गते २०८२

काठमाण्डौ – आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । हिजो सुको भाउ तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।