आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना - Pyuthan Online
श्रावण २५ गते २०८२
ब्रेकिङ न्यूज

आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २४ गते २०८२

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रहेको छ।कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेस र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ।
काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हल्का र थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।