प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको होलेरीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा दूर्घटना भएको छ । शनिबार होलेरी हाट बजार बाट होलेरी बजार तर्फ जादै गरेको लु ४ त २७८९ नं.को ट्याक्टर ट्याक्टर र विपरित दिसाबाट आएको रा ४ प ३९१३ नं को मोटरसाइकल एकआपसमा रुन्टीगढी गाउंपालिका वडा नं .९ होलेरीमा रहेको शहिद मार्गमा एकआपसमा ठोकीदा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रुन्टीगडी गाउंपालिका वडा नं. ८ झेनाम बस्ने बर्ष २२ को दिपेन्द्र कुवरको दाहिने खूट्टामा चोट लागेको छ भने मोटरसाइकल पछाडी बसेका त्रिबेणी गाउँपालिका वडा नं.२ धनबाङ बस्ने १८ बर्षकी आशा पुनको टाउकोमा चोट लागेको छ ।उनिहरुको अवस्था सामान्य रहेको छ । दुबै घाइतेलाई प्रथमिक स्वास्थ केन्द्र होलेरीमा सामान्य उपचार पछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । यस दुर्घटना आज दिउसो १ः३५ बजे समयमा भएको हो ।
ट्याक्टर चालक र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ ।