रोल्पामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा दूर्घटना - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

रोल्पामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा दूर्घटना

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको होलेरीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा दूर्घटना भएको छ । शनिबार होलेरी हाट बजार बाट होलेरी बजार तर्फ जादै गरेको लु ४ त २७८९ नं.को ट्याक्टर ट्याक्टर र विपरित दिसाबाट आएको रा ४ प ३९१३ नं को मोटरसाइकल एकआपसमा रुन्टीगढी गाउंपालिका वडा नं .९ होलेरीमा रहेको शहिद मार्गमा एकआपसमा ठोकीदा दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ

दुर्घटनामा मोटरसाइकल चालक रुन्टीगडी गाउंपालिका वडा नं. ८ झेनाम बस्ने बर्ष २२ को दिपेन्द्र कुवरको दाहिने खूट्टामा चोट लागेको छ भने मोटरसाइकल पछाडी बसेका त्रिबेणी गाउँपालिका वडा नं.२ धनबाङ बस्ने १८ बर्षकी आशा पुनको टाउकोमा चोट लागेको छ ।उनिहरुको अवस्था सामान्य रहेको छ । दुबै घाइतेलाई प्रथमिक स्वास्थ केन्द्र होलेरीमा सामान्य उपचार पछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । यस दुर्घटना आज दिउसो १ः३५ बजे समयमा भएको हो ।

ट्याक्टर चालक र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ ।