रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ८ गते २०८२

काठमाण्डौ – रौतहटमा सडकमा भेटिएको बन्द सुटकेसभित्र एक महिलाको शव फेला परेको छ । शव रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी २६ वर्षीया रुवी शाहको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।

शाहको घर भारतको मुजफ्फरपुर रहेको प्रारम्भिक विवरण प्राप्त भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक शाह एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएको खुलेको छ ।

उहाँको हत्या गरी शव सुटकेसमा राखेर फालिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । गएराति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।

सम्वन्धित समाचारहरु