विश्वकप क्रिकेट लिग–२ को श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

विश्वकप क्रिकेट लिग–२ को श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १५ गते २०८२

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा नेपाल, घरेलु टोली र अमेरिकाबीच लिग–२ अन्तर्गतको श्रृंखला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

त्यस्तै अस्ति बिहीवार घरेलु टोली यूएईसँग भएको खेलमा पनि नेपाल ५ विकेटले पराजित भयो । नेपालले यूएईमा भैरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।

लिग–२ मा १८ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २२ खेलमा ३२ अंक छ भने यूएई १८ खेलमा ८ अंकसहित पुछारमा छ ।

सम्वन्धित समाचारहरु