रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ - Pyuthan Online
असार १५ गते २०८२

रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

रौतहट : रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आलु–खुर्सानीसँगै लुकाइएका ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ गरेको हो। पक्राउ पर्नेमा पचरुखी निवासी राजकुमार सुढी रहेका छन्। 

सशस्त्र प्रहरीका अनुसार भारतसँग जोडिएको राजदेवी नगरपालिका नाकाबाट ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका  सुढी शनिबार अपराह्न पक्राउ परेका हुन् ।

साइकलमा नेपाल आउँदै गरेका सुढीको चेकजाँच गर्ने क्रममा नाइलनको झोलाभित्र आलु–खुर्सानीसँगै लुकाइएका भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

सम्वन्धित समाचारहरु