गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८२

चितवन । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट(९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान करिब ६स् ४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु।प्र।०१(००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा।प्र। ०१(०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन् ।

दुर्घटनामा परि ठक्कर दिने बसमा सवार ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी संचालनमा ल्याईएको छ ।

सम्वन्धित समाचारहरु