पृथ्वी राजमार्ग बन्द ः मुग्लिन नजिकै घोप्टेभिरमा सुक्खा पहिरो - Pyuthan Online
कार्तिक ३० गते २०८३

पृथ्वी राजमार्ग बन्द ः मुग्लिन नजिकै घोप्टेभिरमा सुक्खा पहिरो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २४ गते २०८३

प्युठान अनलाईन न्युजडेक्स । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ । त्यसअघि हिजो पनि पहिरो खसेको थियो तर लगत्तै सफा गरी खुलाएको भए पनि फेरि आज बिहान पहिरो खसेको हो । पहिरो पन्छाउन थालिएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो पन्छाउन झण्डै तीन घन्टा लाग्ने अनुमान छ । पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । तिहार मनाउन आउजाउ गर्ने तथा अन्य यात्रु प्रभावित भएका छन् ।