भिगृमा सुर्योदय वोमी लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

भिगृमा सुर्योदय वोमी लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

प्यूठान । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड भिगृ शाखा लिमिटेडले संस्थामा आवद्ध रहेका सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

आईतबार स्वर्गद्वारी नगरपालिका ४ भिगृमा रहेको सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा एक कार्यक्रमका विच सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दैनिक जीवनमा पैसा तथा सम्पतिको कसरी राम्रो व्यवसथन तथा आम्दानीलाई बचत गर्ने ,खर्च कसरी कटौटी गर्ने, ऋण लिई सकेपछि सही ठाउँमा कसरी लाउने , जिवनमा आवश्यक हुने विमाको सम्बन्धि जानकारी दाखाक्वाडी स्ट्रेशनको अनुगमन अधिकृत हरिराम चौधरीले सहजिकरण गरेका थिए ।

त्यस्तै कार्यक्रमको प्रमुख अथिति रहेका स्वर्गद्वारी नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण बहादुर रोकायले जीबनमा कति कमाउने भन्ने भन्दा पनि कमाएको पैसा कति बचत गरेको छ भन्ने महत्वपूर्ण रहेको बताएका थिए । तपाईले संस्थाबाट लिएको ऋण जुन विषयमा लिनुहुन्छ त्यहि विषयमा लगानी लगाउन वडा अध्यक्ष रोकायले आग्रह समेत गरेका थिए ।

त्यस्तै कार्यक्रममा शाखा अधिकृत विमल न्यूपानेले लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्रबाट ’घ’ वर्गमा मान्यता पाएको संस्था बताउदै ग्रामिण भेगमा रहेका विपन्न तथा महिलाहरुको आर्थिक स्त्तोरउन्नती गराउनु र बचत गर्नु जीवनमा आवश्यक रहेको चेतनाको विकास गर्नु हाम्रो लक्ष्य रहेको बताएका थिए । यस लघुवित्त मार्फत महिलाहरुलाई सिपमुलक तालिमहरु दिएर आत्मनिर्भर गर्न समेत सहयोग गरेको शाखा अधिकृत न्यूपानेले बताए ।

कार्यकम्रमा लघुवित्त संस्थाका सदस्यको छोराछोरीहरु शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक लिई पास गरेकालाई नगद सहित सम्मन गरिएको हो । साथै कार्यक्रममा आएका अथितिहरुलाई चिनो समेत हस्तान्तरण गरिएको थियो

हिरा विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जनप्रतिनिधि ,पत्रकार , सुरक्षाकर्मी सदस्यहरु र कर्मचारीहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन शाखाको सहायक व्यवस्थापक प्रविन बस्नेतले गरेका हुन ।

सम्वन्धित समाचारहरु