जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो - Pyuthan Online
वैशाख ४ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

सोल ।  दक्षिण कोरियाको दक्षिणी भागको जङ्गलमा डढेलोको कारण पत्ता लागेको छ ।डढेलोको कारण खोज्ने क्रममा प्रहरीले ५६ वर्षको एक पुरुषलाई सन्दिग्धको पहिचान गरेको हो । 

आफ्ना आफन्तहरूको चिहान सफा गर्ने क्रममा ती पुरुषले चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू चुरोटको लाइटरले जलाएका थिए । तेज हावाका कारण आगोको ज्वाला बढ्यो र सम्पूर्ण जङ्गल नै यसको चपेटामा पर्‍यो । प्रहरीले ती पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । तर पक्राउ गरेको छैन । सोधपुछका लागि भने बोलाइँदैछ । आफूमाथिको अभियोग ती पुरुषले अस्वीकार गरेका छन् । 

दक्षिण कोरियामा डढेलो फैलिएको ९ दिन भयो । यसमा परेर अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । आगोले ३०० भन्दा बढी भवन र अन्य संरचनाहरू ध्वस्त पारेको छन् । डढेलोका कारण ४८ हजार हेक्टर क्षेत्रफल नष्ट भएको छ । उत्तरी ग्योङसाङको उइसोङ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले सन्दिग्धकी छोरीसँग पनि सोधपुछ गरेका थिए । मार्च २२ मा, आफ्ना हजुरबुबा हजुर आमाको चिहान सफा गर्ने क्रममा आफ्नो बुबाले चुरोटको ठुटोले  चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू जलाउने प्रयास गरेको उनले बताइन् । यसपछि हावासँगै द्रुत गतिमा आगो फैलियो र जङ्गलभरि आगो सल्कियो । 

प्रहरीले सन्दिग्ध र उनकी छोरी दुवैको पहिचान गोप्य राखेको छ । दक्षिण कोरियाको यो अहिलेसम्मकै सबैभन्दा ठुलो आगलागी मानिएको छ । मृत्यु हुनेमा एक पाइलट पनि रहेको अधिकारीहरूले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रयास गर्दा पाइलट सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । आगो निभाउने क्रममा चार जना अग्नि नियन्त्रक र अन्य कामदारहरूको पनि आगोमा फसेर मृत्यु भएको थियो । 

सम्वन्धित समाचारहरु