वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन - Pyuthan Online
भाद्र ८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २५ गते २०८१

दाङ – लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत परिपत्र गर्दै डढेलोको घटना बढ्दै जाँदा मानव बस्तिमा आगलागीको जोखिम बढेकाले डढेलो लगाउने व्यक्तिहरुलाइ कानूनी दायरामा ल्याउन निर्देशन दिनु भएको हो ।

प्रदेशका विभिन्न जिल्लाहरूमा लगातार डढेलो तथा गहुँबालिमा आगलागीका घटना बढिरहेका छन् । डढेलो तथा आगलागी हुदा जनधन, वनस्पति, वन्यजन्तु र वातावरणमा ठूलो असर परेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबूराम अधिकारीले जानीजानी आगलागीको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरेर कानूनी दायरामा ल्याउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

यस बर्ष चैत १ गते देखि २५ गते सम्मको अवधिमा १२ वटा जिल्लामा आगलागीका १२९ वटा घटना घटेका छन। यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।डढेलो नियन्त्रणका लागि निगरानी, जनचेतना र तत्काल प्रतिकार्य योजना प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र लाई अझ सशक्त बनाउँदै समन्वय, सूचना व्यवस्थापन र प्रतिकार्यमा जोड दिइएको छ ।

वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षती न्यूनिकरणकालागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध गरिएको हो । वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको विगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

सम्वन्धित समाचारहरु