प्युठानको २२ वटा अख्तियारमा उजुरी - Pyuthan Online
वैशाख ६ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्युठानको २२ वटा अख्तियारमा उजुरी

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ३ गते २०८२

प्यूठान । प्युठान जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष २०८१ र०८२ को बैशाखसम्ममा २२ वटा उजुरी दर्ता भएका छन्। बुधबार सरुमारानी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख बिनिता भट्टराईले उक्त विवरण सार्वजनिक गरिन । तीमध्ये ११ उजुरीको फर्छोट भइसकेको छ भने बाँकी ११ उजुरी अनुसन्धान प्रक्रियामा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार झिमरुक गाउँपालिकामा सबैभन्दा धेरै ८ उजुरी दर्ता भएका छन्, जसमा ५ उजुरीको फर्छोट बाँकी छ। स्वर्गद्वारी र गौमुखी गाउँपालिकामा ४–४ उजुरी दर्ता भएका छन्। स्वर्गद्वारीमा १ उजुरी फर्छोट भइसकेको छ भने गौमुखीका सबै उजुरीको फर्छोट प्रक्रिया अझै बाँकी रहेको आयोगले जनाएको छ।

प्युठान नगरपालिकामा ३ उजुरी दर्ता भएका छन्, जसको सबै फर्छोट भइसकेको छ। सरुमारानी, नौबहिनी र ऐरावती गाउँपालिकामा एक–एक उजुरी दर्ता भएका छन्। सरुमारानीको उजुरी फर्छोट भइसकेको छ भने नौबहिनी र ऐरावतीका उजुरीहरूको प्रक्रिया जारी छ। माण्डवी र मल्लरानी गाउँपालिकामा भने अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन।
उजुरीको संख्या बढ्दै गएकाले स्थानीय तह र आयोगबीच समन्वय सुदृढ गर्न अन्तरक्रिया आयोजना गरिएको आयोगले जानकारी दिएको छ।

सम्वन्धित समाचारहरु