कोशीदेखि लुम्बिनीसम्मका पहाडी भूभागमा वर्षाको सम्भावना - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

कोशीदेखि लुम्बिनीसम्मका पहाडी भूभागमा वर्षाको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ।

हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ। ती प्रदेशका पहाडी क्षेत्रहरूका केही स्थानमा र अन्य क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि मौसमको यो क्रम जारी रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले चट्याङसहितको वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।