शेयर बजार ७४ अङ्कले घटेर २ हजार ८०० विन्दुमुनि झर्‍यो - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

शेयर बजार ७४ अङ्कले घटेर २ हजार ८०० विन्दुमुनि झर्‍यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १८ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स – हिजो बढेको शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ७३ अङ्कले घटेर २ हजार ७७६ दशमलव ३६ विन्दुमा झरेको छ ।

आज सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक ५ दशमलव २६, व्यापार समूहको सूचक झन्डै ४ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, फाइनान्स समूहको सूचक ३ प्रतिशतले घटेको छ । आज २५५ वटा कम्पनीको शेयर घटेकोमा १३ वटाको बढेको छ ।

आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ८४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इनको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका ३ करोड २ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।