आज सुनचाँदीको भाउ घट्यो - Pyuthan Online
असार १५ गते २०८२

आज सुनचाँदीको भाउ घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

१३ गते ,जेठ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार पाँच रुपैयाँ कायम भएको थियो ।