क्यानडामा डढेलो अनियन्त्रित, एक सय ६६ भन्दा बढी ठाउँमा फैलियो - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

क्यानडामा डढेलो अनियन्त्रित, एक सय ६६ भन्दा बढी ठाउँमा फैलियो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १६ गते २०८२

पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो  विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ ।

डढेकोका कारण हजारौं मानिसहरु विस्थापित भएका छन् । मनिटोबामा १७ हजार  मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर त्यहाँ आपतकालीन अवस्था घोषणा गरेको हो ।

क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार अहिले क्यानडाभरि एक सय ६६ भन्दा बढी ठाउँमा आगलागी भइरहेको बीबीसीले जनाएको छ । तीमध्ये ८४ वटा ठाउँको आगो नियन्त्रण बाहिर गएको छ ।

यसअघि मनिटोबाको राजधानी विनिपेगमा  डढेकोमा परेर २ जनाको ज्यान गएको थियो । क्यानडाका वनमा डढेलोको मौसम मेदेखि सेप्टेम्बरसम्म चल्छ ।

सम्वन्धित समाचारहरु