स्वर्गद्वारी ३ जलुकेद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण - Pyuthan Online
मंसिर १५ गते २०८२

स्वर्गद्वारी ३ जलुकेद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण

सन्तोष सुनार
सन्तोष सुनार
जेठ ३० गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.३ को वडा कार्यालयले विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका विच वडा कार्यालयले वडा भित्रका सम्पुर्ण विद्यालयका गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै, शिद्धेश्वरी आधारभुत विद्यालयमा ल्यापटप हस्तान्तरण र कक्षा ३ को वडा स्तरीय परिक्षामा सर्वोत्कृष्ट तिन विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको हो ।

कार्यक्रमले गरिवि र विपन्नताको कारण विद्यालयमा पढाई छोड्ने दर कमि ,विद्यार्थीमा पढाईमा रुचि अझ वढि जागृत , विद्यालयको तथ्यांक संकलनमा सहज विद्यालय विच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा , सामाजिक गर्दा केही सहयोग , पढाईमा हौषला मिलोस र बालबालिका पढाईमा रुचिका साथ लागुन् भन्ने उदेश्यले शिक्षकको सल्लाह सुझाव साथ कार्यक्रम गरिएको वडा अध्यक्ष कृष्ण बहादुर रोकायले बताउनुभयो । शिक्षा भनेको समाज परिवर्तन तथा जीवनमा चेतनाको विकास ल्याउने मेरुदण्ड भएकाले वर्तमान परिबेशमा बालबालिकाहरुलाई शिक्षामा जोड दिनुपर्ने वडा अध्यक्ष रोकायले प्यूठान अनलाईनलाई बताउनुभयो ।

आर्थिक अभावका कारण शिक्षाको पहँचमा बालबालिकाहरु जोडिन नसके वडाबासीहरुलाई वडामा खबर गर्न बताउदै समन्वयको मार्गमा सहयोग गर्ने समेत वडा अध्यक्ष रोकायको भनाई रहेको छ । यो स्वर्गद्वारी नगरपालिकाको नमुना काम भएको एक शिक्षकले बताउनुभयो । विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालयलाई ल्यापटप हस्तान्तरण गर्दा प्रधानाध्यापक शेर बहादुर घर्तिले वडा अध्यक्षलाई धन्यावाद दिनु भएको थियो भने विद्यार्थीहरु खुसी भएका छन ।

कार्यक्रममा वडाको प्राविधिक गोकर्ण भण्डारी ,सचिव सर्मिला राउत , शिक्षक , विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचारहरु