लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २२ गते २०८२

प्युठान ,लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण कार्यक्रम आज खैरामा  सम्पन्न भएको छ ।क्लबका निबर्तमान अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षता ,लायन्स district 325 N execucative chief  अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यता,मान्डबी गाउपालिका अध्यक्ष नबराज अधिकारिको बिशेष आतिथ्यतामा फुलबारी लायन्स क्लब पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको हो ।

कार्यक्रममा मन्तब्य व्यक्त  प्रमुख अतिथी कक्षपतिले जिल्लाको सामाजिक अभियानमा प्युठानका लायन्स क्लबहरुले महत्वपूर्ण भुमिका खेलेको चर्चा गर्नु भयो । डायलसिसिस मेशिन खरिद देखि लिएर अन्य महत्त्वपूर्ण कार्यहरु लायन्सको माध्यमबाट अघि बढेको वहाले बताउनु भयो । बिशेष अतिथी माण्डबी गाउपालिकाका अध्यक्ष नब राज अधिकारीले धन नभएको बेला पनि मनले काम गर्न लायन्सकर्मिहरुलाइ आग्रह गर्नु भयो ।

कार्यक्रममा District 325 N का एडभाइजर झबेन्द्र शर्मा ,रिजन चेयर पर्शन खिम प्रसाद पार्धे ,लायन्स क्लब अफ प्युठान भित्रीकोटका अध्यक्ष यज्ञ बहादुर के सि लगायतका बक्ताहरुले मन्तब्य राखेका  थिए ।

फुलबारी लायन्स क्लबका नब निर्बाचित अध्यक्ष छन्द बहादुर बस्नेत ,प्रथम उपाध्यक्ष भोज बहादुर बस्नेत,उपाध्यक्ष नेत्रमणी आचार्य ,सचिब प्रकाश वैद्य ,कोषाध्यक्ष टोप बहादुर मल्ल ,स ह सचिब बासुदेब खनाल तथा अन्य सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

सम्वन्धित समाचारहरु