रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका दुवै दलले आज पनि बैठक बहिष्कार गरेका हुन् ।

यसैबीच सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा हेरफेर भएको विषयमा छानबिन गर्न गठन भएको संसदीय समितिको पहिलो बैठक बसेको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।

छानबिन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई–दुई जना सांसद छन् भने नेकपा (माओवादी) केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेस सांसद जीवन परियार नेतृत्वको यस समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।

सम्वन्धित समाचारहरु