देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न प्रयास गरिरहेका छौं अर्थमन्त्री पौडेल - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न प्रयास गरिरहेका छौं अर्थमन्त्री पौडेल

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २० गते २०८२

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठित रूपमा प्रयास गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोदेह्का प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पौडेलले ग्रेलिस्टबाट बाहिरीनका लागि विद्यमान दर्जनौं कानूनलाई संशोधन गरिएको बताउदै अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरुलाई कार्यान्वयन गरेको जानकारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको सरकारले मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउन के गर्दै छ भन्ने प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले सम्पती शुद्धिकरण तथा व्यवसायी वातावरण प्रवर्द्धनसँग सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको कानूनले विभिन्न १९ ओटा विद्यमान ऐनहरूलाई संशोधन गरेको बताए ।

उनले ग्रेलिस्टबाट मुलुकलाई छिटो बाहिर ल्याउनकै लागि सम्पती शुद्धिकरणसम्बन्धि नियमावली जारी गरी कार्यान्वयनमा आएको बताए । अर्थमन्त्री पौडेलले मुलुकलाई ग्रेलिस्टबाट बाहिर ल्याउनकै लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बधमा घरजग्गा सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको बताउदै समयअघावै ग्रलिस्टबाट बाहिर आउने विश्वास व्यक्त गरे ।

सम्वन्धित समाचारहरु