राप्ती गाउँपालिकामा ‘फोहोरलाई स्रोत’ बनाउने केन्द्र सञ्चालन - Pyuthan Online
भाद्र ८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

राप्ती गाउँपालिकामा ‘फोहोरलाई स्रोत’ बनाउने केन्द्र सञ्चालन

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

आइतबार, चैत ०९, २०८१

दाङ— राप्ती गाउँपालिका-२ पूण्यपुरमा सञ्चालनमा आएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ।न्द्रले हाल प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन गरिरहेको छ। फर्निचरजन्य सामग्री, टाँक, कपडाबाट कपास, जैविक फोहोरबाट मल उत्पादनको तयारीसमेत भइरहेको छ।

राप्ती गाउँपालिकाले स्वच्छता प्रवर्द्धन गर्न इको फ्यामिली प्रा. लि., हेटौंडासँग सहकार्यमा यो केन्द्र सञ्चालनमा ल्याएको हो। सञ्चालक रूपेश राज कुँवरका अनुसार केन्द्रले फोहोरलाई बिना प्रदूषण उपयोगी सामग्रीमा रूपान्तरण गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार, यो परियोजनाले स्थानीय तहका लागि उदाहरणीय अभ्यास प्रस्तुत गर्दै हरित विकासलाई प्रवर्द्धन गर्नेछ। सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रमले वडास्तरमा स्वच्छता प्रतिस्पर्धा बढाएको छ।

शनिबार बेलायतको क्याम्ब्रिज विश्वविद्यालय का अनुसन्धानकर्ता प्राध्यापक क्युरि पार्क र स्टेफन इभान्सले केन्द्रको अवलोकन गर्दै यसको नवप्रवर्तनशील प्रयासको प्रशंसा गरेका छन्। केन्द्रले अनुसन्धान तथा वातावरणीय प्रयोगशालाका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचारहरु