आज सुनको भाउ तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो - Pyuthan Online
असाेज १९ गते २०८२

आज सुनको भाउ तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ८ गते २०८२

काठमाण्डौ – सुनको भाउ आज तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रुपैयाँ थियो ।