२२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयो - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

२२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

काठमाण्डौं,१० चैत । चालु आर्थिक वर्षको आठ महिनामा झण्डै २२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवम् वायरलेस सञ्चारका उपकरण आयात भएको विभागले जनाएको छ । यसबाट २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।