प्यूठान । प्युठानको माडी खोलामा नुहाउन गएका १९ वर्षका नमराज घर्ती मगरको शव फेला परेको छ ।माण्डवी गाउँपालिकाको सिमचौर स्थित माडी नदिमा नुहाउन गएका नमराजको तीन दिन पछी थक्लेनीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
खोलामा नुहाउन गएका उनी सम्पर्क बिहिन भएपछी नेपाल प्रहरी, ससस्त्र प्रहरीले खोजतलास गरेको थियो । स्वर्गद्वारी नगरपालिका ६ निवासी नमराज ट्याक्टरमा सहचालकको रुपमा मजदुरी गर्दै आएका थिए ।