अमेरिकी र इरानी नौसेनाबीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अमेरिकी र इरानी नौसेनाबीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८३

काठमाण्डौ । मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानले अमेरिकी नौसेनाका तीन वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । इरानले मिसाइल, ड्रोन र साना डुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्ना जहाज र सैनिकको सुरक्षाका लागि ुआत्म रक्षात्मक जवाफी कारबाहीु गरेको अमेरिकी सेनाको भनाइ छ ।

अमेरिकी सेनाले तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको जनाएको बीबीसीले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी जहाजहरूमा ुठूलो क्षति पुगेकोु दाबी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ ।

विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ्दो तनावले विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढेको छ ।

सम्वन्धित समाचारहरु