उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन - Pyuthan Online
असार १५ गते २०८३
ब्रेकिङ न्यूज
उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा

उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १५ गते २०८३

प्यूठान । स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको सडक दुर्घटनामा ज्यान गएको खबरले नगरवासीसँगै प्यूठानीलाई दुखी बनाएको छ । त्यो भन्दा अझै पीडा अल्पायुमै उपप्रमुख राना सहित तीन दाजुभाईको वियोगान्त अन्त्यले अझै पीडावोध गराएको छ ।

राना परिवारका जेठो सन्तान ५१ वर्षीया मीनराजको शनिवार साँझ भएको सवारी दुर्घटनामा ज्यान गयो । यसअघि उनले आफ्ना दुई भाईलाई अल्यायुमै गुमाएका थिए । साइला भाई भीम रानाको ३८ वर्षको उमेर २०७५ असोजमा जन्डिसको कारण निधन भएको थियो । २०७७ चैतमा माइला भाई योगेश रानाको ४१ वर्षका उमेरमा हृदयघातबाट निधन भएको थियो ।

राजनीतिमा लागेका तीन भाइको सात वर्षको बीचमा एकपछि अर्को गर्दै अल्पआयुमै निधन भएपछि राना परिवार र सिंगो नगरपालिका शोकमा डुबेको छ । तीनै दाजुभाइ मेहनती, मिलनसार एवं समाजसेवा र राजनीतिमा सधै रुचि राख्थे । राजनीतिसँगै माइला भाई योगेशले भिंग्री जलुकेमा हिमालय होटल संचालन गर्नुहुन्थ्यो ।

सम्वन्धित समाचारहरु