किसानलाई समयमै मल उपलब्ध गराउन सांसद सापकोटाको माग - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

किसानलाई समयमै मल उपलब्ध गराउन सांसद सापकोटाको माग

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले धान रोप्ने समयमा किसानले प्रर्याप्त मल नपाएको बताएका छन् । कोटा प्रणालीमार्फत मल वितरण हुने कुरा व्यवहारिक नरहेको उनले बताए ।

प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने, “किसानले ५० किलो मल माग गर्दा मश्किलले ५ किलो मात्रै पाउँछन् । सरकारको निति तथा कार्यक्रमकामे बुदाँ नम्बर १६ मा ज्यादैँ लोकप्रिय प्रकारको कार्यक्रम अगाडी सारीएको छ । तर हामी किसानको का जादाँ किसानहरुले यो सरकार किसान मैत्री भएन भनेर गुनासो गर्नुहुन्छ ।”

त्यस्तै, ६ महिनादेखि किसानले बेचेको दूधको पैसा डीडीसीले भुक्तानी नदिएको भन्दै सांसद सापकोटाले सरकार र कृषि मन्त्रालयको ध्यानार्कषण गराए ।