मधुमेहको समस्यामा कुन-कुन फलफूल खान हुँदैन ? यसो भन्छन् चिकित्सक - Pyuthan Online
माघ ९ गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

मधुमेहको समस्यामा कुन-कुन फलफूल खान हुँदैन ? यसो भन्छन् चिकित्सक

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

चैत १६ गते शनिवार । मधुमेहको समस्यामा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । खानपानमा नियन्त्रण र जीवनशैली परिवर्तन गरेर रगतमा चिनीको मात्रा सामान्य बनाउन सकिन्छ । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो भन्ने गरिन्छ ।

के यस्तोमा गुलिया फलफूल पनि मधुमेहको बिरामीका लागि हानिकारक हुन सक्ला ?

फलफूलमा पानी, भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट र विभिन्न प्रकारका पोषक तत्त्वहरू पाइन्छ ।  प्राकृतिक रुपमा पाइने गुलियोपनाले त शरीरलाई कुनै पनि हानि पुर्‍याउला र भन्ने प्रश्न पनि धेरैको मनमा होला ।

मधुमेह भएका बिरामीले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आहारमा विशेष ध्यान दिनुपर्छ । फलफूलमा प्राकृतिक चिनी (फ्रुक्टोज) पाइन्छ, जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ ।

मधुमेहका बिरामीले फलफूल त खान मिल्छ, तर कुन फलफूल कति खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । फलफूलमा कार्बोहाइड्रेटका साथै खनिज र भिटामिन पनि पाइने भएकाले खान सकिन्छ । तर धेरै मात्रामा फलफूल खाइयो भने पनि शरीरमा सुगर लेभल बढ्छ ।

खानेकुरा तथा फलफूलमा सुगर लेभल मापन गर्ने ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) ले हो । त्यसैले कुन फलफूलमा ग्लाइसेमिक इन्डेक्स बढी र कुनमा कम छ भनेर छुट्ट्याउनुपर्छ । ग्लाइसेमिक इन्डेक्स कम भएका फलफूल अलि बढी खान सकिन्छ भने ग्लाइसेमिक इन्डेक्स बढी भएका फलफूल कम खानुपर्छ।

ग्लाइसेमिक इन्डेक्स बढी हुने फलफूल

आँप

आँपलाई फलफूलको राजा मानिन्छ । तर मधुमेह रोगीले भने आँप धेरै खान हुँदैन । आँपमा ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ । ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा मधुमेह रोगीका लागि राम्रो मानिन्छ । आँपमा ५० देखि ५५ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।  जसले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउन सक्छ। त्यसैले मधुमेहका रोगीले आँप सकेसम्म थोरै मात्रामा खानुपर्छ ।

केरा

केरा मधुमेह भएका व्यक्तिले पाकेको केरा थोरै मात्रामा खानुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ । जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ ।  तर, काँचो केरामा टन्नै स्टार्च पाइन्छ । यसमा चिनीको मात्रा कम गर्ने अनि इन्सुलिन प्रतिरोधसँग लड्न मद्दत गर्ने फाइबर पनि हुन्छ । काँचो केरा भने मधुमेहमा खान सकिन्छ ।

लिची

उच्च ग्लाइसेमिक इन्डेक्सका कारण लिची कम खानुपर्छ । धेरै खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ । जुन मधुमेहका लागि हानिकारक हो । त्यसैले मधुमेह रोगीहरूलाई यो फल एकदमै कम खानु राम्रो हुन्छ ।

भुइँकटहर

भुइकटरमा ग्लाइसेमिक इन्डेक्स धेरै हुन्छ । यसबाहेक भुइँकटहरमा कार्बोहाइड्रेट पनि पाइन्छ । जसले मधुमेह रोगीलाई समस्या निम्त्याउन सक्छ । त्यसैले यो फल सीमित मात्रामा मात्र खानुपर्छ ।

अङ्गुर

अङ्गुरमा पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । तर यसमा ग्लाइसेमिक इन्डेक्स धेरै हुने भएकोले यसलाई कहिलेकाहीँ थोरै मात्रामा मात्र खानु उपयुक्त हुन्छ ।

ग्लाइसेमिक इन्डेक्स कम हुने फलफूल

अम्बा,  स्याउ, मौसम, सुन्तला, नास्पाती, किबी, ड्रागन फ्रुट, एभोकाडो, खर्बुजा जस्ता फलफूलमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकोले यस्ता फलफूल मधुमेहका बिरामीले खान सक्छन् ।

सबै फलफूल तौलेरै खान त गाह्रो होला । यद्यपि मधुमेहका बिरामीले दैनिक १०० देखि २०० ग्रामसम्म फलफूल खाँदा सुगर नियन्त्रणमा रहन्छ । फलफूलको जुस पिउनु भनेको केही मात्रामा चिनी सेवन गर्नु जस्तै हुने भएकाले जुसको सेवन नगर्नु राम्रो हुन्छ ।

यदि चामल, रोटी, आलु आदि कार्बोहाइड्रेटयुक्त खानेकुरा खाइरहनुभएको छ भने, साथमा फल खाँदा चिनीको मात्रा झन् बढ्न सक्छ । त्यसैले अलग्गै सीमित मात्रामा खाने बानी बसाल्नुपर्छ ।

ड्राइफ्रुट्स

मधुमेहका बिरामीले ओखर, काजु, पेस्ता, बदाम लगायत प्रायः सबै प्रकारका ड्राइफ्रुट खान मिल्छ । यी खानेकुरामा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ तर किसमिस र छोकडामा भने ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ । त्यसैले यी दुईलाई भने कम मात्रामा खानुपर्छ ।

सम्वन्धित समाचारहरु