माण्डवी ३ मा मदिरा र सुर्तीजन्य पदार्थमा वालबालिकालाई किनबेचमा रोक - Pyuthan Online
श्रावण १७ गते २०८२

माण्डवी ३ मा मदिरा र सुर्तीजन्य पदार्थमा वालबालिकालाई किनबेचमा रोक

सन्तोष सुनार
सन्तोष सुनार
जेठ ५ गते २०८२

५ जेठ , प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ३ मा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पदार्थ किनबेच गर्न रोक लगाईएको छ। सोमबार वडा कार्यालयले प्यूठान उद्योग वाणिज्य संघ माण्डवी बजार क्षेत्र र होटल व्यवसायी संघसँग अन्तरक्रिया गरेर उक्त निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो ।

चुरोट, सुर्ती, खैनी लगायत मदिराजन्य पदार्थ बिक्री वितरण तथा ओसारपसार गर्न विद्यार्थी तथा बालबालिकाले नपाउने गरी रोक लगाउने निर्णय भएको समेत वडा अध्यक्ष कार्कीले बताउनुभयो । यस्तो कार्यहरु गरेमा जनसमुदायलाई विभिन्न रोगहरुबाट बचाउन सकिने वडा अध्यक्ष कार्कीको भनाई रहेको छ ।

वडा अध्यक्ष कार्कीले वडामा नमुना कार्यहरु गर्न तथा वडाबासीहरुको सेवामा तत्परको साथ लागी रहनु भएको छ ।

सम्वन्धित समाचारहरु