बलात्कारको बदला हत्या - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बलात्कारको बदला हत्या

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १५ गते २०८२

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राजकुमार खंगको हत्यामा गाउँकै एक युवतीको संलग्नता रहेको खुलेको छ । आफ्नो पत्नी हुँदा हुँदै परस्त्री संगको जबरजस्ती अवैध समबन्धका कारण हत्या भएको अनुसन्धानबाट खुलेको हो । तीन दिन अघि राजकुमारको चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गरी फालिएको उनको मृत शरीर प्रहरीले बिहीवार बिहान डाक्नेश्वरी नगरपालिका ८ तथा राजगढ गाउँपालिका ४ को बीच सिमामा पर्ने लबका पोखरी किनारबाट अर्धनग्न अवस्थामा फेला पारेको थियो ।

हत्याको अनुसन्धानका क्रममा प्रहरीले डाक्नेश्वरी नगरपालिका ९ की २१ बर्षीया तुलसी देवी सरदारलाई छिमेकी जिल्ला सुनसरीको इनरुवा नगरपालिका ९ वबिया टोलबाट पक्राउ गरेको हो । शुक्रवार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतमा पेश गरी उनलाई ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । अभियुक्तको साथबाट मृतक राजकुमारको मोवाईल तथा उनकै बयानका आधारमा हत्यामा प्रयोग गरिएको चक्कु लुकाएको ठाउँ घट्नास्थल नजिकै रहेको लवका पोखरीबाट बरामद गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

स्रोतका अनुसार तुलसीका श्रीमान रोजगारीका शिलशीलामा लामो समय देखि विदेशमा छन् । स्थानिय स्तरका कालाकार समेत रहेका राजकुमार र तुलसी गाउँघरमा सांस्कृतीक कार्यक्रमहरुमा संगै काम गर्न थालेपछि नजिकिएका थिए । यसै क्रममा उनीहरुको फोनमा कुराकानी गर्ने क्रम पनि बढेको थियो । बीस दिन अघि घट्ना स्थल आसपासकै एकान्त स्थलमा दुबैजना मदिरा सेवन पनि गरेका थिए । आफूले अनिच्छा जाहेर गर्दा पनि जवरजस्ती मदिरा खुवाएर राजकुमारले जवरजस्ती करणी गरेको तुलसीको भनाईको छ । त्यसपछि दुवैजनाबीच मनमुटाब सुरु भएको थियो ।
चक्कु प्रहारबाट राजकुमारको मृत्यु भएपछि घटनास्थलबाट करिब ५० मिटरसम्मको दूरीमा घिसारेर पोखरी डिलमा पु–याएर तुलसी भागेको प्रहरीले जनाएको छ ।

तीन दिन अघि भएको पछिल्लो घटनामा “जरुरी काम छ” भन्दै सोही स्थानमा राजकुमारले बोलाएको तुलसीले बताउनु भएको छ । फेरी पनि मदिरा सेवन गराई बलात्कार गर्ने हो कि भन्ने आशंका लागेर सुरक्षाका लागु चक्कु लुकाएर त्यहाँ पुगेको बताईएको छ । त्यहाँ पुगेपछि मदिरा सेवन गर्न राजकुमारले दवाव दिएको तर, आफूले मदिरा सेवन गरेको नाटक गर्दै ग्लासमा हालिएको सबै मदिरा लुकाएर खन्याइ दिएको उहाँको भनाई छ ।

मदिरा सेवन गरि लठ्ठ भएका राजकुमारले बलात्कारको प्रयास गर्न थालेपछि आफूले लुकाई राखेको चक्कु निकालेर छाती र घाँटीमा प्रहार गरेको तुलसीले बताउनुभयो । चक्कु प्रहारबाट राजकुमारको मृत्यु भएपछि घट्नास्थलबाट करिव ५० मिटर सम्मको दुरीमा घिसारेर पोखरी डिलमा पुर्याई तुलसी भागेको प्रहरी अनुसन्धानले देखाएको छ । घट्नाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयबाट डग स्क्वाड टोली ल्याएर पनि अनुसन्धान गरिएको थियो । तर त्यसबाट खासै संकेत फेला पर्न सकेन । प्रहरी नायव उपरीक्षक बस्नेत नेतृत्वको अनुसन्धान टोलीले विभिन्न कोणबाट हत्याको अनुसन्धान थालेपछि घट्नाको तीन दिन भित्रै अभियुक्तको पहिचान सम्भव भएको हो ।

सम्वन्धित समाचारहरु