महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त - Pyuthan Online
असाेज १९ गते २०८२

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ ।

उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ । यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारी नियुक्त हुनुभएको हो ।

सम्वन्धित समाचारहरु