कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने - Pyuthan Online
असाेज १९ गते २०८२

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १४ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । गएको एक घण्टामा सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । सुदुरपश्चिमको हनुमाननगरनगरपालिकामा ४४ मिलिमिटर पानी परेको छ ।

आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ।

यसैगरी बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव छ ।

सम्वन्धित समाचारहरु