एमाले महाधिवेशन स् आज उम्मेदवारी दर्ता, भोलि मतदान - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

एमाले महाधिवेशन स् आज उम्मेदवारी दर्ता, भोलि मतदान

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर २९ गते २०८२

काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु छ । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता आज हुनेछ भने भोलि मतदानको कार्यक्रम राखिएको छ ।

बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका छ ।

आज दिउँसो ३ः१० देखि उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।

मतदानपछि मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा अस्ति शनिवार उद्घाटन भएको थियो भने काठमाण्डौ भृकुटीमण्डपमा बन्दसत्रको कार्यक्रम चलिरहेको छ ।

सम्वन्धित समाचारहरु