आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो - Pyuthan Online
जेठ २० गते २०८३

आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २१ गते २०८२

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २ सय ६५ रुपयैयाँले बढेर तोलाको ५ हजार ६ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

सम्वन्धित समाचारहरु