होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप - Pyuthan Online
कार्तिक ६ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १२ गते २०८३

काठमाण्डौ — सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।

सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च ९घर भाडा० बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ ।

यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेको थियो । तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो ।

सम्वन्धित समाचारहरु