रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी - Pyuthan Online
कार्तिक ९ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १२ गते २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको ) पदाधिकारीका लागि आज चुनाव हुँदैछ । उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध भइसक्नुभएको छ भने महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गर्नुभएको छ ।

महामन्त्रीका उम्मेदवार जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । सहमहामन्त्रीमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार बन्नु भएको छ ।सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिनुभएको छ । आज ५ पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।चितवनमा ६ दिन अघि शुरु भएको रास्वपा महाधिवेशन ३ दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको छ ।

सम्वन्धित समाचारहरु