बैशाख २५ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपािलमा रहेका सामुदायीक विद्यालयका प्र.अ.हरुको स्वर्गद्वारी नगरपािलका वडा नं.९ छेडापोखरामा रहेको छेडापोखरा प्रा .बि.मा बैठक सम्पन्न गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका शिक्षा शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिको वडा नं. ३–९ वडामा रहेका सामुदायीक विद्यालयको प्र.अ.हरुलाई छेडापोखरामा घुम्ति प्र.अ. बैठक गरिएको हो ।
बैठकमा शिक्षकहरुको माग सहित शिक्षा ऐन जारी गर्नका लागी काठमान्डौमा भएको शिक्षक आन्दोलनको समिक्षा र सामुदायीक विद्यालयमा शिक्षा क्षेत्रमा व्यवस्थित तथा राम्रो बनाउनका लागी छलफल गरिएको शिक्षा शाखा प्रमुख प्रेम जिसीले जानकारी दिए ।
बैठकबाट विद्यालयमा असल अभ्यास गर्ने , प्रत्येक सामुदायीक विद्यालयले मासिक रुपमा परिक्षा लिई अभिभावकको उपस्थितीमा नतिजा विश्लेषण गर्ने , विद्यालयहरुमा छाँपामय बनाउने , नगरपालिकाले जुन शिर्षकमा रकम छुट्याईएको छ सोही शिर्षकमा खर्च गर्ने , शैक्षिक डायरीको अधिक्तम प्रयो गर्ने र जनप्रतिनिधी , कर्मचारी र शिक्षकका छोराछोरीहरु सामुदायीक विद्यालयमा अध्ययन गराउने नगरपालिकालाई अनुरोध गर्ने लगायतका विषयमा निर्णय भएको शाखा प्रमुख जिसीले बताए ।
कार्यक्रमको प्रमुख अथिति रहेका प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले नगरपालिकामा रहेका सामुदायीक विद्यालयलाई व्यवस्थित र सुदृढ गर्न नगरपालिका तत्परको साथ लाग्ने बताउदै शिक्षकहरु आफ्नो शिक्षणमा पेशामा मर्यादित तरिकाले लाग्न आग्रह गरेका थिए । नगरपालिकाबाट शिक्षा क्षेत्रमा चाहीने सामाग्री तथा अन्य गतिविधिमा माग अनुसार व्यवस्था गर्ने समेत प्रतिवद्धता गरे ।
जेष्ठ प्र.अ.जनता मा.वि बर्जीबाङका प्र.अ. कृष्ण प्रसाद पोख्रलको अध्यक्षतामा सुरु गरिएको बैठकमा शिक्षा शाखाका ओवीराम भण्डारी , प्र.अ हरु र कर्मचारीको उपस्थिती रहेको थियो ।