एमाले महाधिवेशन ः मतदान राति ७ बजेदेखि बिहान १ बजेसम्म - Pyuthan Online
वैशाख ९ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

एमाले महाधिवेशन ः मतदान राति ७ बजेदेखि बिहान १ बजेसम्म

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १ गते २०८२

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान राति ७ बजेदेखि शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले नयाँ तालिका सार्बजनिक गर्दै राति ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी दिएको हो । आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले राति मात्र मतदान शुरु हुने जानकारी दिएको छ ।
आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ घण्टा लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

सम्वन्धित समाचारहरु